काठमाडौं– चलचित्र राज्जा रानी करिव दुई वर्ष पछि मैथिली भाषामा सार्वजनिक भएको छ । यस चलचित्रको नेपाली सस्करण भने सन् २०१८ को जुन ८मा युट्युबमा सार्बजनिक गरिएको थियो ।

नेपाली सस्करणलाई यतिबेला सम्म युट्युबमा करिव ८० लाखले हेरिसकेका छन् । हलमा खासै सफलता कमाउन नसके यस चलचित्रलले युट्युबमा भने राम्रै प्रतिक्रिया पाएको छ ।

२०७४ को पौष २१ गते प्रदर्शनमा आएको यस चलचित्र तराईको दाइजो प्रथामाथि केन्द्रित छ ।

आर्यन फिल्म्स प्रोडक्सन र भोर कम्पनिको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई याम थापा निर्देशन गरेका हुन । चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया