काठमाडौँ :नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले। गायिका प्रितीआलेको फेरी नयाँ रुप अनि नयाँ ढङ्गमा अनि अलि फरक शैलीमा तीज गीत ‘फरिया लरीलै बरिलै’ भखरै मात्र सार्वजनिक भएको छ ।

उक्त गीतमा संगीतकार गायक एक नारायण भण्डारीले पछिल्लो समयमा फरक शैली र फरक भाकाकाे तीज गीत फरिया लरीलै बरिलै संकलन गरेका छन् । भण्डारीले आफ्नाे आधिकारिक युट्युव च्यानल बाट गीतकाे सार्वजनिक गरेका छन् ।

एकनारायण भण्डारीकाे संगीत संयाेजन रहेकाे लाेक शब्दमा पपकाे फ्लेवरमा रहेकाे गीत प्रिती आलेले गाएकी छन् । फरक शैलीमा लाेक भाकालाइ स्राेता, दर्शकमाझ ल्याउनमा भण्डारी सफल संगीतकार रूपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया