काठमाडौं- विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक भएको छ । डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘अनुभुतिको मझेरी’मा समाविष्ट छ ।

गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्यायले यो सार्वजनिक गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीको जिम्मेबारीका कुरालाई गीत मार्फत सवैले आफ्नो जिम्मेबारी वहन गरुन भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । गीतमा बाबा छोरीबीचको माया ममता अनि स्नेहलाई वास्तविक चित्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया