हास्यकलाकार तथा सामाजिक अभियन्ता कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । ललितपुरमा जन्मेकी सुन्तलीले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘सुन्तली’ को रोल गरेपछि चर्चामा आएकी उनी ‘सुन्तली’ नाम बाट नै परिचित छिन् । आज जन्मदिनको अवसरमा उनका श्रीमान् तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले सामाजिक सञ्जालमा शुभकामना दिएका छन् ।

प्रिय कुन्जना !
जन्मदिनको हार्दिक शुभकामना !
मेरो जीवनमा तिम्रो आगमनले सदैव खुसी ल्याएको छ ।
तिमी मेरो लागि माया, छहारी र आँट हौ ।
तिमीले मेरो जीवनमा इँटा हैन विश्वासको पर्खाल लगायौ ।
दु:ख छेक्ने छानो छायौ । ममताको चौतारी बनायौ र परिवारको जग बसायौ ।
तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ ।
तिम्रा जीवनका आगामी दिनहरू अझ सुखद् बनुन् ।
तिमीबाट प्राप्त प्रेमको यो नदी अनवरत बगिरहोस् । फेरि पनि शुभकामना !

तपाईको प्रतिक्रिया