जेनेभा– पछिल्लो समय सेनिटाइजरको प्रयोगले हात पोलेको तस्बिर भाइरल भैरहेको छ ।

हातको त्यस्तो स्थिति सेनिटाइजरको अत्यधिक प्रयोगका कारण भएको दावी गरिएको छ ।

अहिले कोभिड १९ को खोप र उपचार खोज्नका लागि संसार भरीमा सर्वेक्षण भइरहेको छ ।

संक्रमण फैलिन नपाओस् भन्नका लागि शुरुदेखि नै हातको सरसफाईमा विशेष ध्यान दिनका लागि भनिँदै आएको छ ।

जसको नतिजा कोरोना कालमा अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइजरको प्रयोग अत्याधिक बढेको छ ।

यसैबीच सामाजिक सञ्जालमा अल्कोहलको अत्यधिक प्रयोगले मानिसको छालामा नराम्रो प्रभाव पर्न सक्ने कुराको दावी गरिरहेको छ ।

यस दावीसंगै पोलेको हत्केलाको पनि फोटो इन्टरनेटमा भाइरल भइरहेको छ ।

सत्य कुरा
उक्त फोटो गूगल इमेजमा सर्च गर्दा फोटोसंग मिल्दोजुल्दो अथवा उक्त फोटो इन्टरनेटमा फेला परेन । त्यसपछि सेनिटाइजरमा गरिएको दावीको खोजतलास शुरु गरियो ।

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा पनि ह्यान्ड सेनिटाइजरसंग सम्बन्धित जानकारी खोज्न शुरु भयो ।

डब्यूएचओ वेबसाइटमा सवाल– जवाफको एउटा सेक्शन छ ।

त्यहाँ त्यस्ता सामान्य प्रश्नहरुको पनि जवाफ विशेषज्ञहरु द्वारा दिइएको छ, जुन कोरोना कालमा सोधिएको छ ।

ह्यान्ड सेनिटाइजर प्रयोग गर्दा हुने नोक्सानीको बारेमा पनि प्रश्न र त्यसको जवाफमा पनि रहेको छ ।

ती जवाफहरुबाट नै भाइरल भएको दावीको वास्तविकता थाहा हुन्छ ।

सेनिटाइजरबाट हातमा हुने हानीसंग सम्बन्धित चार प्रश्न र डब्ल्यूएचओको जबाफ स् 

पहिलो प्रश्न – के हल्कोहलयुक्त सेनिटाइजरको अत्यधिक प्रयोगले हातमा कुनै विपरित असर हुन्छ रु

जवाफ – एन्टिसेप्टिक र एन्टि–बायोटिक्समा यस्तो सम्भव हुन सक्छ । तर ह्यान्ड सेनिटाइजरसंग सम्बन्धित न त्यस्तो कुनै रिपोर्ट आएको छ, न त त्यस्तो सम्भव नै छ । तर जति धेरै यसको प्रयोग हुन्छ, त्यति नै भाइरस र ब्याक्टेरियाको खतरा कम हुन्छ ।

दोस्रो प्रश्न – के अल्कोहलले हातलाई सुख्खा पार्ने अथवा पोल्ने हुन्छ रु

जवाफ– यस क्रममा बनेको अल्कोहलयुक्त सेनिटाइजरमा छालालाई नरम बनाउने तत्व हुन्छ । ती तत्वहरुले छालालाई सुख्खा हुनबाट बचाउँछ । नर्सहरुले अल्कोहलयुक्त सेनिटाइजरको नियमित प्रयोग गर्छन् र उनीहरुको छाला पहिला भन्दा झन धेरै नरम भएको भन्ने कुरा विभिन्न रिपोर्टहरुमा बताइएको छ । ह्यान्ड सेनिटाइजरले त्यो अवस्थामा मात्र पोल्न थाल्छ, जब तपाईंको हातमा कुनै प्रकारको घाउ हुन्छ । त्यस्ता घाउ भएका ठाउँहरुमा पट्टि बाँध्नु पर्छ । सेनिटाइजरको प्रयोगले एलर्जी हुने समस्या संसारमा अति नै न्युन रहेको छ ।

तेस्रो प्रश्न – अल्कोहलयुक्त ह्यान्ड सेनिटाइजरलाई कति पटक प्रयोग गर्न सकिन्छ रु

जवाफ – त्यस्तो कुनै सीमा छैन । सेनिटाइजरको अत्यधिक प्रयोगपछि हरेक ४ घण्टामा हात धुनु पर्छ भन्ने केवल एउटा भ्रान्ति मात्र हो । यस कुराको कुनै लजिकल कारण छैन ।

चौथो प्रश्न – अल्कोहलयुक्त सेनेटाइजर आगोबाट खतरा हुन्छ रु

जवाफ – अल्कोहलयुक्त सेनिटाइजरमात्र होइन, समस्त अल्कोहलयुक्त प्रोडक्टहरुलाई उच्च तापक्रम र आगोको झिल्काबाट टाढा राख्नु पर्छ ।

निष्कर्ष

अल्कोहलयुक्त सेनिटाइजरको अत्यधिक प्रयोगले हत्केला पोलेको तस्वीर र कुरा भ्रामक हो ।

संसारको शीर्ष स्वास्थ्य संस्था डब्ल्यूएचओले पनि यसको खण्डन गरेको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया