मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् ।

सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ ।

उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।मलिकालाई खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुने फिल्म ‘पानी फोटो’ मा देख्न सकिनेछ । लकडाउनका कारण यो फिल्मको काम यतिबेला रोकिएको छ ।

सामाजिक सञ्जालमा मलिका सक्रिय रहने गर्छिन् । उनलाई इन्स्टाग्राममा १ लाख २३ हजारले फलो गरेका छन् । मलिकाले सामाजिक सञ्जालमा अक्सर तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौं उनले शेयर गरेका केही तस्वीर:

तपाईको प्रतिक्रिया