नेपाली संगीत क्षेत्रमा भोजपुरको नाम उज्यालो बनाउदै अविनास राईको शब्द र संगीत र चर्चित गायिका टीका प्रसाईको स्वरमा नयाँ गीत ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक भएको छ गत शनिबार म्युजिक आइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा
ज्याजी मगर र बुगी वुगीका डान्सर सागर मगरको अभिनय र नृत्य रहेको छ गीतको भिडियोमा गीतको भावानुसार चाडैं कुरा छिनेर घरजम गर्ने कुरालाई प्रस्तुत गरिएको छ
हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पनि नयाँ र पृथकपन प्रस्तुत गरेका छन लकडाउनको बेला पनि सामाजिक दुरी कायम गरेर सार्वजनिक छेत्र भन्दा पर गएर शुटीङ्ग गरिएको निर्देशक चापागाईले जानकारी दिनु भयो । ‘खुद्रा खुद्री मायाले ‘को भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन रहेको छ ।
लामो समयदेखी भोजपुरमा रहेर नेपाली संगीत क्षेत्रमा रहेका संगीतकार अविनास राईको यसअघिका धेरै गीतहरुले दर्शकको मन छोइसकेको छ ।

 

तपाईको प्रतिक्रिया