काठमाडौं – हाम्रो घर वरीपरी सजिलै पाइने पुदिना निकै उपयोगी छ । सजिलै उम्रने पुदिना औषधीय गुणले भरीपुर्ण हुन्छ । यसका विभिन्न रोग निवारण गर्ने क्षमता हन्छ ।

यसमा प्रशस्त भिटामिन सी पनि पाइन्छ । पुदिनाले छालाको हरेक संक्रमण निको पार्ने सहयोग गर्छ । यसको प्रयोगले दाग तथा डण्डीफोर पनि हट्छ । ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा निको हुन्छ ।

हात, खुट्टा र जोर्नी दुख्ने समस्या छ भने बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरेमा निको हुन्छ । बालबालिकालाई झाडापखाला लागेमा पनि दूधमा पुदिनाको पात उमालेर २ चम्चा २ ३ पटक खाएका ठिक हुन्छ ।

ज्वरो आएमा पनि पुदिना र तुलसीको पात पानीमा उमालेर खाएमा ठिक हुन्छ । गिँजा सुन्निने समस्या छ भने दिनहुँ पुदिना चपाएर खाएमा ठिक हुन्छ । पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता रोकिन्छ ।

तपाईको प्रतिक्रिया