अस्पतालको आईसीयू उपचाररत एक महिलालाई यौ’न दू व्र्यवहार गरेको आ रोपमा पर्सा प्रहरीले ४ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको अली अर्थो एण्ड ट्रमा हस्पिटलका ४ जना स्वास्थ्यकर्मीलाई यौ’न दू’व्र्यवहारको आ रोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आईसीयू कक्षमा भर्ना भएकी वीरगञ्जकी २१ वर्षीया महिलालाई हुसेन मियासहित चार जना स्वास्थ्यकर्मीले यौ’न दू’व्र्यवहार गरेका परिवारजनले थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

आईसीयूमा उपचाररत उक्त महिलालाई मङगलबार राति पुरुष स्वास्थ्यकर्मीहरुले यौ’न दू व्र्यवहार गरेको भएता पनि बुधुबार विहान मात्रै घटना सार्वजनिक भएको हो ।

अस्पतालका सञ्चालक हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले स्वास्थ्यकर्मीहरु दोषी देखिएमा कारवाही गर्न अस्पताल प्रशासनले प्रहरीलाई सहयोग गर्ने बताए । प्रहरीले पीडित महिलासँग सोधपुछ गरेपछि स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको हो ।

१० दिन अगाडि वीरगन्जकै एक निजी अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आईसीयू कक्षमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया