काठमाडौँ – नेपालको “क” श्रेणीको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नलोजीज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेन नबिल बैंकका लागि क्लाउड डिजिटलकरण सेवाको बारेमा छलफल गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । वित्त सेवा व्यापार शाखा, ह्वावे इन्टरप्राइज बीजी का अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिनु भएको थियो ।

दुबै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए । ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्याउनेछ जस्तै नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन, आदि । नबिल बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुनेछ र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले “एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर(Everywhere is Bank, Banking at anywhere) पूरा गर्नेछ ।

यस रूपान्तरण मार्गमा ह्वावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ । ह्वावे, एक प्राविधिक कम्पनी, नबिल बैंकलाई अत्याधुनिक टेक्नोलोजी प्रदान गर्न प्रतिबद्ध छ जसले नेपाली जनतालाई नवीन वित्तीय डिजिटल सेवा अनुभव गराउन सक्षम बनाउनेछ ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल शाहले ह्वावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो किनभने यो साझेदारीले बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण छ । उनले भने कि विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको व्यापक अनुभवले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ ।

नबिल बैंक डिजिटल रूपान्तरणका प्रकृयाद्वारा नेपाली नागरिकलाई ठूलो मूल्य सिर्जना गर्ने र उत्कृष्ट ग्राहक अनुभवहरूमा केन्द्रित भई अभूतपूर्व बेंचमार्क (benchmark) सेट गर्ने एउटा अग्रणी डिजिटल बैंक बन्ने तर्फ लक्षित भएको हुँदा उहालाई दृढ विश्वास छ कि रणनैतिक साझेदारी एउटा सिक्ने अवसर हुनेछ र अतुलनीय ग्राहक सेवा र अनुभव प्रदान गर्ने सबैभन्दा उन्नत डिजिटल टेक्नोलोजी हुनेछ ।

विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनी, ह्वावेसँग यस उद्योगमा ३० बर्ष भन्दा बढीको अनुभव छ । उक्त अनुभवको उपयोग गरेर ह्वावेले एसिया प्यासिफिक, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्व जस्ता विश्वव्यापी बजारमा वित्तीय संस्थामा सफलता हासिल गरेको छ । ह्वावेको वित्त क्षेत्रमा रणनैतिक साझेदारका रूपमा छनौट हुनुको सब भन्दा ठूला कारण ईटुई समाधान (End to end solution) प्रदान गर्ने क्षमता र १७० मुलुकहरुमा पुगेको स्थानीय सेवा रहेको छ । ह्वावेले वित्तीय संस्थाहरूलाई समावेशी वित्त (Inclusive finance), डाटा संचालित आविष्कारी सेवा (Data driven service innovation) र खुला बैंकिङ्ग, पूर्ण कनेक्टिभिटी र उनीहरूको ग्लोबल साझेदारहरूको (Global partners) साथ सेवा गतिशीलता कार्यान्वयनमा डिजिटल रूपान्तरण हासिल गर्नमा मद्दत गर्दछ । हाल ह्वावेले विश्वभर १६०० भन्दा बढी वित्तीय ग्राहकहरुलाई सेवा पु¥याएको छ जसमा ४५ वटा संसारको शीर्ष १०० बैंकहरु मध्य पर्दछ ।

“ह्वावे नबिल बैंकलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउन प्रतिबद्ध छ र नेपालमा हाम्रो स्थानीय टिमले नबिल बैंकसँग पूर्ण सहयोगका साथ कार्य गर्नेछ । नबिल बैंकसँगको सम्झौतापत्र हस्ताक्षरले सम्पूर्ण नेपालभर डिजिटल समाधान प्रदान गर्ने लक्ष्यतर्फ थप कदम चालेको संकेत गर्दछ ।” ह्वावे इन्टरप्राइज बीजीका वित्त सेवा व्यवसाय शाखाका अध्यक्ष, चाओ चोंगले भन्नु भयो ।

डिजिटल क्लाउडलाई विकास गर्ने कम्पनीको निरन्तर प्रयास पूरा गर्न ह्वावे नेपालले जनवरी २०२० देखि क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (Cloud & AI)स्थानीय संगठन स्थापना गरेको छ जसले सम्बन्धित सेवाहरू केवल स्थानीय सरकार, उद्यम र वाहकहरूप्रति समर्पित गर्दछ । नेपालको इन्टरप्राइज आईटी सेवाको भर्खरको अध्ययनका अनुसार ११ उद्योग मध्ये ७४५ (मेडिया, मनोरन्जन, एयरलाइन्स, सामान्य खुद्रा, ईकमर्स, र आदि) ले उपकरणको उच्च लगानी घटाउन, जटिल मर्मत सम्भारबाट जोगिन र विश्वसनीय सेवा सुनिश्चित गर्न क्लाउड सेवालाई आईटी सेवा डिजिटलकरणका लागि छनौट गरेका छन् ।

 

तपाईको प्रतिक्रिया