काठमाडौं – र्‍याप गायक कुशल खत्री (भाइरस)को नयाँ गीत ‘खुट्टा नतान…’ सार्वजनिक भएको छ । कुशलकै शब्द तथा सङ्गीत र भिष्म आचार्यको बिट रहेको र्‍याप गीत ‘खुट्टा नतान…’को भिडियो सार्वजनिक भएको हो ।

प्रशन्न रिमालको निर्देशन रहेको गीतको भिडियोमा एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । डम्बरबहादुर राईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन र राजेश श्रेष्ठको मिक्सिङ तथा माष्टरिङ रहेको छ गीतको भिडियोमा ।

कुशलको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘मिष्टर नेपाली’ले युट्युवमा १६ लाख भन्दा बढी दर्शक पाएको थियो । यो गीत खुट्टा तान्नेहरुका लागि लक्षित गरी बनाइएको निर्देशक प्रशन्न रिमालले बताए ।

सानो उमेरमा कुशल (भाइरस)ले र्‍याप क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । आम जनमानसमा र्‍यापप्रतिको नराम्रो धारण भएता पनि र्‍यापले समाजमा राम्रो म्यासेज दिन सक्छ भन्ने आफूमा रहको र त्यस्तै गीत सार्वजनिक गरेको कुशलले बताए । उनले आफू र्‍याप गायक यमबुद्ध बाट प्रभावित रहेको जनाए ।

तपाईको प्रतिक्रिया