काठमाडौ । गायिका सुनिता दुलालको नयाँ तिज गित बेसी मेलैमाले दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ । खुमन अधिकारीको समेत स्वर रहेको उक्त गितको भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटाको अभिनय रहेकोले युट्युबमा समेत राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

हरेक वर्ष २-३ वटा गित मात्र रिलिज गर्ने तर हरेक गितमा फरक र मौलिक स्वाद पस्कने कोशिष गर्ने गायिका सुनिता दुलालले यस वर्षको तिज गितमा समेत धेरै नै मेहेनत गरेको उल्लेख गरेकी छिन् । आफूले लकडाउनमा बसेको बेला यस गितको परिकल्पना गरेको र खुमन अधिकारीसंग मिलेर यस गितलाई तयार पारेको बताएकी छिन् । “खुमन अधिकारीको साथले गित राम्रो बनेको छ भने कलाकारहरुले समेत कोरोनाको असरको बेला पारिश्रमिकमा समेत सहज बनाइदिनु भएकोले मैले खुलेर भिडियो बनाएकी छु । सोचे भन्दा धेरै नै राम्रो बनेको छ भिडियो र गितको मर्म अनुसार कलाकारहरुको अभिनय भएकोले गर्दा गितले अर्गानिक भ्यू पाईरहेको छ ।” सुनिताले भनिन् ।

तिज गितमा अहिले पुरुषहरुको बर्चस्व बढ्दै गरेको बेला सुनिता दुलालले पुरुषले तिज गित गाउनु गलत नभएको तर गित गाउदा विकृति नल्याउन आग्रह समेत गरेकी छिन् । आजकलको तिज गितहरुमा मौलिकता हराउंदै गएको हो कि भन्ने भान भएको सुनिता दुलालले उल्लेख गरेकी छिन् ।

“पुरुषहरुले तिज गित गाउँदै नगाउने वा गाउन नै नहुने भन्ने चाहिं होईन तर आजकल तिज गित भन्दैमा अपशब्द र अपाच्य शब्द प्रयोग गरेको पाईएको छ । दुई चार जना बसेर गितार बजाउंदै गित निकालेर हिट भयो भन्दैमा तिज गित गाएँ र हिट भए भनेर नफ़ुर्किए हुन्छ । तिज गितमा तिजको मर्म र मौलिकता झल्किन पर्छ । पुरुष होस् या महिला सबैलाई यहि आग्रह छ कि तिज गितमा हाम्रो मौलिकतालाई समेत समावेश गरेर मात्र गित निकाल्नुहोला ।”

तपाईको प्रतिक्रिया