दक्षिण कोरियामा रहेका प्रतिभाशाली नवगायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो ‘तारेभीरमा बुकी’ सार्वजनिक गरेका छन्।
डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।
यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्। म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

तपाईको प्रतिक्रिया