दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक ,गायक राम किशन पाण्डेको देशभक्ती गीत ‘म हु नेपाली ‘ सार्वजनिक भएको छ।
प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेकोनै संगीत रहेको गीतलाई भुपेन्द्र बज्राचार्यले म्युजिक एरेन्जमेन्ट गरेका हुन् ।
एसियन म्युजिकले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियो र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘म हु नेपाली ‘को भिडियोलाइ दर्शक राम्रो प्रतिक्रिया दिएका छन । पछिल्लो समय एसियन म्युजिकले नेपाली गीत संगीतलाई पनि विश्वभर पुर्याउने हेतुले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियोको मार्केटिंग गर्दै आएको छ ।
यसअघि ४ वटा गीती एल्बम ,हिन्दी गीतहरुको एल्बम र धेरै अन्य गीतहरु बजारमा ल्याइसक्नु भएका ‘म हु नेपाली ‘का गायक राम किशन पाण्डे लामो समयदेखि अमेरिकामा बसेर नेपाली नेपाली सांगीतिक छेत्रमा निरन्तर लाग्दै आउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया