प्रसाद फिल्मको लोकप्रिय गीत ‘लै लै’का गीतकार गणेश शाहीले आफ्नै शब्द र संगीत र स्वर रहेको गीत ‘स्वर्गको चित्र'(गोर्खाली )सार्वजनिक गरेका छन । भाका इन्टरटेन्टमेन्टको यु ट्युब च्यानलबाट रिलिज गरिएको गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ । ‘स्वर्गको चित्र'(गोर्खाली ) गीतमा विश्व विख्यात गोर्खाली सेनाको बारेमा बर्णन गरिएको छ । सार्वजनिक गीतको डिन्सन शाहले लिरिकल भिडियो बनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया