पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन्। गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।
पहिलो पटक म्युजिक भिडियोमा देखिएका गुरुङको साथमा विदेशी मोडेल आयशा अनवरको अभिनय रहेको छ । अमेरिकामा छायांकन भएको भिडियोलाई गायक गुरुङको अफिसियल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ। सुनिल उप्रेतीको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।
यसअघि चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा Plead ‘बिन्ती ‘ एल्बम सार्वजनिक गरिसकेका गुरुङले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन।

 

तपाईको प्रतिक्रिया