आलु र केराउको अचार बनाउन चाहिने आवस्यक सामाग्रीहरm
सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने आलु उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने
२सय ५० ग्राम सानो केराउ एक रात भिजाएको
१ सय मिलिलिटर तोरीको तेल
ठूलो चम्चामा मेथीको दाना
५० ग्राम अमिलो (चुक, कागतीको रस वा भिनेगर स्वादअनुसार राख्ने)
५०ग्राम पिसेको तिल
सानो चम्चाको १ चम्चा बेसार
सानो चम्चाको १ चम्चा जिराको धूलो
सानो चम्चाको १ चम्चा धनियाँको धूलो
सानो चम्चाको १ चम्चा खुर्सानीको धूलो
५० ग्राम हरियो खुर्सानी (काटेको)
५० ग्राम हरियो धनियाँ (काटेको)
नुन स्वादअनुसार राख्ने
विधिः आलु उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने र भाँडामा राख्ने फ्राई प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने, त्यसमा बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने त्यसपछि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कने र अब खाने।

तपाईको प्रतिक्रिया