बलिउडमा हुने गरेका विभिन्न खालका बहसमा निर्देशक अनुराग कश्यप सधै सहभागी हुने गर्दछन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न बहसमा उनी र नायिका कंगना रनावतको लफडा हरेक दिन आउने गर्दछ ।

उनै, निर्देशकमाथि एक नायिकाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । नायिका पायल घोषले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छिन् ।

पायलले ट्विटरमा लेखेकी छिन्–‘मलाई उनले आफूतिर खिच्ने कोशिश गरे । प्रधानमन्त्रीज्यू, देशकै क्रियटिभ मानिने मानिसको पछाडि लुकेको राक्षसी अनुहारलाई सबैसामु देखाइदिनुहोला । मलाई थाहा छ, यो कुराले मलाई घाटा लाग्नेछ । मलाई सुरक्षाको खतरा पनि बढ्नेछ । कृपया, मलाई सहयोग गर्नुहोला ।’

एक तेलुगु न्यूज च्यानललाई दिएको अन्तरवार्तामा पायलले यो घटना करिब ५ बर्ष अगाडिको बताएकी छिन् । उनले भनेकी छिन्–‘एक दिन म कामको सिलसिलामा अनुरागलाई भेट्न उनको अफिसमा गएको थिएँ । अनुराग कोठामा एक्लै थिए । उनले मलाई एकान्त कोठामा लगेर जर्बजस्ती यौन सम्बन्ध राख्ने कोशिश गरे । आफूसँग काम गरेका हरेक नायिका एक कल फोन गर्नसाथ आउने दाबी गर्दै अनुरागले मलाई जर्बजस्ती गर्ने कोशिश गरे । मैले आफू मानसिक रुपमा यसका लागि तयार नभएको बताएँ । साथीहरुको आग्रहमा मैले यो कुरालाई सो समयमा आगडि ल्याइनँ ।’

पयल कन्नड चलचित्रमा धेरै देखिने नायिका हुन् । बलिउडमा पायलले चलचित्र ‘पटेल कि पंजाबी शादी’बाट डेब्यू गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया