नायक पुष्प खडका र टिक टक क्वीन गरिमा शर्मा अभिनीत ‘फापरको रोटी’ को भिडियो सार्वजनिक भएको छ ।
कोरना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा.रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ मा रानी शाक्य र विक्रम थापाको स्वर,गणेश सुबेदीको रचना र विक्रम थापाको संगीत रहेको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन्।
गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई यस अघिका गीतहरुलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यले आइतबार मात्रै ‘संसार फेर्न’ गीतबाट पप आधुनिक विधामा अवार्ड पाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया