काठमाण्डौं ।
नेपाली गीत संगीतमा क्रियाशिल गायक य्ुवा राईको आवाजमा रहको पूर्वेली गीत ”ढल्कियो जोवन” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७को सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल भएको छ ।

परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतलाई विकाश गर्नको लागी गायक युवा राई निरन्तर लागी परेका छन । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी आफुले मौलिक लोक सस्कृतिको लागी गीत संगीतमा आफुले हात हालेको उनी बताउछन । आफुलाई अवार्ड ले अझ नेपाली गीत संगीतमा काम गर्नको लागी थप हौषला प्रद्धान गरेको उनले बताए ।

आफुलाई अवार्ड दिलाउनको लागी प्रेरणा दिने भगवान रुपी आम दर्शक तथा स्रोतालाई हृदय देखी नै आभार समेत ब्यक्त गरे । कोरोना कहरका विच आयोजक सस्थाले गीत संगीतका कलाकारहरुलाई जमघट गराएर नेपाली मौलिक सिर्जनामा पुयाएको योगदान समेत अतुलनिय रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया