काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका शान्ति श्री परियार र गायक विर्ख विश्वकर्माको आवाजमा “काठको बाकसमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । अनिल शाहीको शब्द तथा विर्ख विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।

गीतमा परदेशमा रहेका युवाको पिडालाई समेटिएको छ । प्रमोद श्रेष्ठको छायाँकन , प्रकाश एस केको सम्पादन तथा चाँदनी शाहीको निर्देशन भिडियोमा रहेको छ । “काठको बाकसमा” गीतको भिडियोमा समुन्द्र कठायत , अस्मिता कार्की , बद्रि पुडासैनी , सपना डंगोल लगायतको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया