भक्तपुर – भर्खरै मात्र भारतमा सम्पन्न २१ औ वर्ल्ड पावर लिफ्टिङ प्रतियोगीतामा नेपालको तर्फ बाट प्रतिश्प्रधा गरि रजत पदक हासिल गर्न सफल तथा विश्वमा नेपाल र नेपालीको नाम उच्च पार्न सफल भक्तपुर निवासी खेलाडी राजेश सुवाललाइ भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ द्वारा बधाई तथा सम्मान गरिएको छ।

भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष बाबुकाजी मानन्धरको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर, द्वितीय उपाध्यक्ष हरि द्वारे, कोषाध्यक्ष अशोक घजु र सचिब प्रेम कृष्ण श्रेष्ठ लगायतका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो देशको नाम उच्च पार्न सफल पावर लिफ्टिङ खेलाडी राजेस सुवाललाइ सरकारी तवर बाट कुनै पनि सहयोग नगरेको अबस्थामा भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यसरि सम्मान गरेकोमा खुसि ब्यक्त गरे।

तपाईको प्रतिक्रिया