काठमाडौं – ब्युटी पार्लर क्षेत्रमा आफ्नो बिशिष्ट स्थान बनाएको सिटिईभिटीसँग सम्बन्धन प्राप्त काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको स्थापना दिवसको २० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ ।

बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितको अध्यक्ष एवम् कस्मेटिक साईन्समा ग्राजुएट पहिलो नेपाली ब्युटिसियनका साथै रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिसी कारंजितको सभापतित्वमा शुक्रबार काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्दै २० औं वार्षिक उत्सब मनाईयो ।

कार्यक्रममा बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितले आफ्नो संस्था स्थपना गरेदेखि यो २० वर्षसम्मको यात्राको सफलताबारे जानकारी गराउँदा अतिथिहरु पुलकित भएका थिए । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी प्रवन्ध निर्देश्क परिषी कारंजितले रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा पछिल्लो समय भित्रिएको विभिन्न आधुनिक प्रकारको सौन्दर्य कला सम्बन्धि सबै प्रशिक्षणसँगै सेवा प्रदान गरिँदै आएको बताईन् ।

काठमाडौं महानगरपालिका वडा नं. १४ की वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो २० औं वार्षिक उत्सबको विशेष अतिथिहरुमा सिटिईभिटी कोअर्डिनेटर डा. राज्यश्री श्रेष्ठ, घरेलु तथा साना उधोग प्रमुख रामचन्द्र अधिकारी, घरेलु महासंघ, काठमाडौं जिल्ला अध्यक्ष सिता कार्की, नेपाल कस्मेटिक व्यबसायी संघका अध्यक्ष रंजित (लक्ष्मी प्रसाद) पौडेल, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक थ्रि, २५ बिएका चिफ एडभाईजर लायन मणिश्री रत्न बज्राचार्य, बरिष्ट हास्य अभिनेता राजाराम पौडेल, हास्य अभिनेत्री पल्पसा डंगोल, अभिनेता एवम् अग्रज मोडल प्रशान्त ताम्राकार, बिजनेश म्यान सुमन सायमी, काठमाडौं महानगरपालिका वडा. नं. १४ नेपाली काँग्रेसका इकाई सहसचिब बिनोद डँगोल, बरिष्ट ब्युटिसियनहरु रश्मिला श्रेष्ठ, रुस्का बैद्य श्रेष्ठ, समाजसेवी प्रकाश श्रेष्ठ, शसस्त्र प्रहरी बल महिला संघकी सल्लाहकार अन्जु प्रधान, सोही संघकी कोषाध्यक्ष लक्ष्मी पौडेल, कोरियोग्राफर जयनसुब्बा मानन्धर, गायिका मन्जु पौडेल, सञ्चारकर्मी सूर्य चन्द थिए ।

सबै अतिथिहरुले बरिष्ट ब्युटिसियन सोनी कारंजितलाई रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको २० औं वार्षिक उत्सबको शुभकामना व्यक्त गरे । रोजबाट करिब १० हजार ब्युटिसियनलाई व्यटिसियन सम्बन्धि प्रशिक्षण दिएर नेपाली सौन्दर्यकला व्यबसायमा ल्याएर बरिष्ट ब्युटिसियन सोनी कारंजितले १० हजार महिलालाई आत्म निर्भर बनाएको भन्दै विशेष अतिथिहरुले बधाई ज्ञापन गरे ।

लायन्स क्लब अफ काठमाडौं आधारकी चार्टर प्रेसिडेन्ट डिस्ट्रिक चेयरपर्सन रेश्मा श्रेष्ठ, चार्टर प्रेसिडेन्ट, डिस्ट्रिक चेयरपर्सन माउन्ट एभरेष्टकी प्रीति शेर्पा, लायन्स क्लब अफ काठमाडौं आधारकी अध्यक्ष धानु सिंजाली, उपाध्यक्ष गेल्मु शेर्पा, सचिब प्रमिला लामिछानेलगायतले पनि रोजको २० औं वार्षिक उत्सबको अबसरमा बरिष्ट व्युटिसियन एवम् ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रले यो २० वर्षमा आफुलाई नम्बर वान व्युटिसियन प्रशिक्षण केन्द्रको रुपमा स्थापना गर्न सफल भएको भन्दै रोज तथा अध्यक्ष सोनी कारंजितलाई बधाई ज्ञापन गरे । लायन्सले पनि रोजसँग मिलेर विभिन्न सहकार्य गर्दै आएको उनीहरुले बताए ।

सो कार्यक्रममा हास्य अभिनेता राजाराम पौडेल, हास्य अभिनेत्री पल्पसा डँगोलको हास्य प्रस्तुति प्रसँसनीय थियो । लोकप्रिय गायिका मन्जु पौडेलले आफ्नो दोहोरी गीत मार्फत कार्यक्रमको रौनक बढाईन् । यस्तै गायिका रितु कँडेल, नव गायिका सुहाना आर्यल लगायतले पनि गीतहरु प्रस्तुत गरे ।

सो कार्यक्रमको अतिथिहरुमा वादी हर्ललका मुकुन्द फुयाँल, अन्डर सफ्टका पदम शर्मा, फेशन डिजाईनहरु काजल क्रियसनकी काजल शर्मा, बाटिका क्रियसनकी गोमा अधिकारी धिताल, इन्ता अटाएरकी अध्यक्ष इन्ता श्रेष्ठ, गीतकार सावित्रा चिलुवालले पनि कार्यक्रममा शुभकामना व्यक्त गरे ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशी, २०१८ की फस्ट रनरअप नविना अधिकारीको प्रशिक्षणमा रोजका विधार्थीहरुले विभिन्न गीतमा आकर्षक नृत्य सो क्रममा प्रस्तुत गरे । उनीहरुको फरक फरक नृत्यले २० औं वार्षिक उत्सबलाई अझ भव्य बनाएको थियो । करिब ६ घन्टासम्म चलेको सो वार्षिक उत्सबमा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिमबाट ब्युटिसियन सम्बन्धि सिटिईभिटीबाट फस्ट लेबलको तालिममा उतिर्ण भएका र रोजबाट ब्युटिसियन सम्बन्धि डिप्लोपमा, एडभान्स, बेसिक कोर्ष सम्पन्न गरेका १०० जना भन्दा बढी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

सो २० औं वार्षिक उत्सब समारोहमा व्युटिसियनहरु सरस्वती घिमिरे, मेनुका शिवाकोटी, रिना अवाले, पुजा श्रेष्ठ, रचना शाक्य, रेनु शाक्य राना, सुजना जोशी, पुनम श्रेष्ठलगायतले पनि रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिमको २० औं वार्षिक उत्सबको अबसरमा शुभकामना व्यक्त गरे ।

रोजका विधार्थीका तर्फबाट व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता तथा गायिका सरिता भारतीले रोज ब्युटी पार्लर र बरिष्ट ब्युटिसियन सोनी कारंजितको बारेमा प्रकाश पारिन् । यस्तै व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशी, व्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल, रनरअपहरु तथा विभिन्न व्युटिसियनहरुका साथै रोजका विधार्थीहरुले पनि कार्यक्रममा बरिष्ट व्युटिसियन सोनी कारंजितलाई बधाई ज्ञापन गरे ।

रोजका नव व्युटिसियन विधार्थीहरुले प्रस्तुत गरेको फेशन शोमा मिसेस इन्टरनेशलन तथा चर्चित मोडल शिलास्मा हमाल सोइस्टपरको रुपमा प्रस्तुत भईन् । जोया खातुन उत्कृष्ट मोडल बन्न सफल भईन् ।

कार्यक्रममा समापनमा बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितको जन्मोत्सब केक काटेर भव्यताका साथ मनाईयो । सो कार्यक्रमलाई बिष्णुमायाँ पौडेलले कुशल रुपमा सञ्चालन गरेकी थिईन् । कार्यक्रमका व्यबस्थापन नविना अधिकारी र सुजन तिमिल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया