काठमाडौं । लामो समय आधुनिक गायन र शास्त्रीय संगीतको यात्रामा रहेकी गायीका बसन्ता प्रकृतिले प्रकृति साडी एण्ड कुर्ता कलेक्शन सञ्चालनमा ल्याएकी छन् ।
काठमाडौं २९ मैतिदेवीमा गायीका प्रकृतिको साडी कलेक्शनलाई शास्त्रिय संगीतका गुरु तथा बरिष्ठ संगीतकार चण्डीप्रशाद काफ्लेले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
गायनसंगै व्यवसायीकरुपमा अघि बढेकी गायीका प्रकृतिले यसअघि काठमाडौंको पुतलि सडकमा बुटिक सञ्चालन गर्दै आएकी थिइन । कलेक्शनको उद्घाटन गर्दै प्रमुख अतिथी काफ्लेले व्यवसायीकरुपमा अघि बढे्का अधिकांस कलाकार स्थापित भएको बताए ।
व्यवसायले आत्मविश्वास बढ्ने र सांगीतिक क्षेत्रमा स्थापित हुन थप सहज हुने गरेको भन्दै उनले व्यवसायिक सफलतको शुभकामना दिए । अहिले नेपाली सांगीतिक बजार महंगो हुँदै गएको र अधिकांस राम्रा प्रतिभा आर्थीक अभावकै कारण पछि पर्ने गरेको भन्दै यस प्रकारका व्यवसायले सांगीतिक यात्रामा सहज हुने पनि बताए ।
। कोरोना भाइरस जोखिमका बिचमा सञ्चालनमा ल्याइएको यस व्यवसायलाई सबैले सहयोग र साथ दिन पनि आग्रह गरे ।
कलेक्शनको उद्घाटनमा गायीका बसन्ता प्रकृतिले व्यवसायले सांगीतिक यात्रामा सहज हुने विस्वास व्यक्त गरिन् । अहिले कोरोना भाइरसका कारण थला परेको नेपाली सांगीतिक बजारमा सहकार्य गर्न व्यवसाय सञ्चालन गरेको उनको भनाई छ ।
व्यवसायलाई प्रविधिमैत्री बनाउन अनलाइन पनि छिटै सुरु गर्ने गायिका बसन्ताले बताइन । अहिले वेभ डिजाइनको काम भइरहेकाले केहि समयमा अनलाइनबाट सेवा सुरु गर्ने उनको भनाई छ ।
सेवा दिने सानो लगानीमा सुरुभएको व्यवसायलाई काठमाडौंका अन्य स्थानमापनि यसको शाखा विस्तार गर्ने योजनामा रहेको बताइन । उद्घाटन कार्यक्रममा उपस्थित संगीतकार मथुरा श्रेष्ठले गायीका बसन्ता प्रकृतिको व्यवसायले अन्य कलाकारलाई सिकाइ हुने विश्वास व्यक्त गरे ।
गायिका शहिमा श्रेष्ठ, शीर्ज‘ अघिकारी लगायतका कलाकारहरुले व्यवसायले आफुहरुलाईपनि थप उर्जा दिएको बताए । व्यवसायको सफलताको शुभकामना दिदै गायीका श्रेष्ठले महगो सांगीतक बजारमा प्रतिस्पर्धा गर्न थप उर्जा मिल्ने बताइन ।
अहिलेको बजार धेरै महंगो भएका समयमा आफ्नै व्यवसायबाट संगीतलाई निरन्तरता दिन टेवा पुग्ने उनको भनाई थियो । अर्की गायिका अधिकारीले सांगीतीक बजारमा प्रतिस्पर्धा गर्न आफुलेपनि सानो व्यवसाय सञ्चालन गरेका एक अर्काको सहयोग र साथ भए महिला कलाकारलाई आत्मनिर्भर बनाउने बताइन ।
मोडल सञ्जय विक्रमले व्यवसायीक सोचका साथ अघि बढे राम्रा प्रतिभाको विकास हुने बताए । गायीका प्रकृतिले एक महिना कलाकारहरुकालागि विशेष छुटमा सामान उपलव्ध बनाउने प्रतिवद्धता जनाइन । कलेक्शनले एक महिना भारी छुटमा सेवा दिने सञ्चालिका वसन्ताको भनाई छ ।
उद्घाटन कार्यक्रममा उपस्थित पत्रकार गीता अधिकारी, उमा केसी, सूर्य चन्द लगाएतले व्यवसाय सफलताको शुभकामना दिए।