झापा काठमाडौँ सम्पर्क समिति क्षेत्र न. ३ ले राजधानीमा आयोजना गरेको स्वर्गिय मदन राज गुरुङ स्मृति कप फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रमुख अथिति नेपाली कांग्रेसका पूर्व महामन्त्री बरिष्ट नेता कृष्ण प्रशाद सिटौलाको अतिथ्यतामा भएको प्रतियोगितामा बिसेष अतिथिहरु नेपालि राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान हरि खडका, एन्फा उपाध्यक्ष पंकज नेम्बाङ, पूर्ब राष्ट्रिय खेलाडि गम्भिर राई, राष्ट्रिय खेलाडी रेजिन सुब्बाको उपस्थिति रहेको थियो।

पूर्व क्षेत्रिय सभापति स्वर्गीय मदनराज गुरुङको स्मृतिमा सम्पन्न भएको प्रतियोगितामा ४ वटा टिमले सहभागी जनाएका थिए भने बाह्रदसी गाउपालिका टिम बिजय भएको थियो। बिजेताहरुलाई पुरष्कार तथा प्रमाणपत्र वितरण गर्दै नेता कृष्ण प्रशाद सिटौलाले खेलाडीहरुको प्रसंसा गर्दै स्वर्गीय मदनराज गुरुङले देश र समाजको लागि पुर्याएको उच्च योगदानको कदर गर्दै अहिले देशमा उहाँ जस्तो निष्ठाबान तथा इमान्दार नेताको खाँचो रहेको बताउनु भयो।

तपाईको प्रतिक्रिया