काठमाण्डौ चित्र १३ । पछिल्लो समयमा धेरैजसो कलाकरहरुमा दैनिक रुपमा चिन्ता पैदा भैरहन्छ । चिन्ता यो अर्थमा कि यति धेरै बिकसित सांगीतिक महासागरमा आफ्नो सिर्जना कसरी उत्कृष्ट बनाउने भन्ने हो । यसैलाई ध्यानमा राखेर स्थायी घर रामेछाप भएर बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत आज मात्रै सार्बजनिक भएको छ ।

गायक तथा सर्जक रामकुमारको कोइलि चरी, घर त मेरो रामेछाप जिल्ला, म त लाहुरे, माली गाईको तर, मज्जाले नाँचौला, जे गरेनी चल्यो, कालापानी हाम्रै हो, कलियुगका केटाकेटि लगाएतका गीत आज पनि उत्तिकै मिठासपूर्ण रुपमा आम दर्शक तथा श्रोताहरुले श्रवन गरिरहेका छन् ।

बिशेष गरेर ब्यवसाहिकता नाममा आफ्नै कला संस्कृति र मौलिकताबाट अलग रहन नसक्ने उनले यस पटकको गीत पनि थप मिठासपूर्ण दिंदै बजारमा ल्याएका छन् । गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ भने लय गायक स्वयम् र शब्द रुपेश दानिको रहेको छ । “ओई काली” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

भिडियोमा अभिनय रबिना अधिकारी र रुपेश दानीको रहेको । भिडियोलाई निर्देशन रामचन्द्र बोहरा, छायांकन नबिन घिमिरे र सम्पादन बिनोद बमको रहेको । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा पहिलेका सृजना जस्तै यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जितोस शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया