प्रेम चर्चा चलेपछि यो जोडी पहिलो पटक एक साथहोली खेल्दै गर्दा भेटिए ।काठमाडौंको एक रेष्टुरेन्टमा सिमित व्यक्तिहरुको उपस्थितीमा उनीहरु होली खेलेका हुन् । हरिहरले नीताको सकारात्मक सोच, नरिसाउने र मिहिनेती बानीले आफूलाई आकर्षित गरेको बताए ।
यता निताले हरिहरको सबैलाई सम्मान गर्ने, पोजिटिभ सोच्ने बानीले आफूलाई आकर्षित बनाएको र हरिहरको संगतले आफु धार्मिक भएको नीताले बताइन् । ‘हरिहरजीसँग रहँदा पोजिटिभ सोच आउँछ । उहाँको यही सोचले गर्दा नै हाम्रो मित्रता बलियो बनेको हुनुपर्छ ।’ नीताले भनिन् । वैशाखमा केही न केही सुखद समाचार आउने नीताले बताइन् । यो जोडीले बैशाखमा बिहे गर्न लागेको कुरालाई भने अस्विकार गरे ।










