जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच झडप भएको थियो । स्थानीयले १५ जना व्यक्ति बेपत्ता रहेको र उनीहरु सबैको हताहती भएको आशंका गरेका हुन् । बेपत्ता भएकाहरु बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का युवा भएको बताइएको छ । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना सहभागी थिए । घटनामा नेपाली कांग्रेसका जिल्ला सदस्य ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइको शव फेला परेको छ। उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । वडाअध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार गुल्मी, बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । हेर्नुहोस् भिडियो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स्वरकी अमर धरोहर: आशा भोसले अब सधैंका लागि मौन
भारतीय सङ्गीत क्षेत्रकी प्रतिष्ठित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन...
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’...
शंकाले हल्लाएको सम्बन्ध : ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरि...
चार दिनपछि सार्वजनिक हुँदै ‘मितज्यू’को टिजर, काउन्टडाउन सुरु
प्रतीक्षित नेपाली फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक हुने मिति तय गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको टिजर आगामी आइतबा...
मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता
विराटनगर ÷ बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन्। यही सन्दर्भमा विराटनगर ...
जर्मन होम्स् होटलमा ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ : गायक विश्व नेपालीको लाइभ प्रस्तुति मुख्य आकर्षण
काठमाडौँ उपत्यकाको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’...










