काठमाडौँ – राजधानीमा सम्पन्न “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” मा युवा फेशन ब्यबसायी रुकमणि आचार्य ‘राष्ट्रिय महिला ब्यबसायी सम्मान-२०२१’ बाट सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न विभिन्न ब्राण्डका फेसनेबल ड्रेसहरुको ब्यबसाय गरि स्वदेशमा युवाहरुलाई रोजगार प्रदान गर्दै स्वदेशी भूमिमा उधोग संचालन गर्दै युवाहरुलाइ स्वदेशमा नै स्वरोजगार बन्नु पर्छ भन्ने अबधारणा लिएर अगाडी बढेकी समाजसेवी रुकमणि आचार्य सामाजिक क्षेत्रमा समेत परिचित नाम हो। महिला सशक्तिकरणमा अग्रणी भूमिका निर्बाह गर्दै राजधानीको मुटुमा रहेको काठमाडौँ मलमा ब्यबसाय गर्दै आएकी रुकमणि युवा पुस्तामा एक गर्विलो नाम हो।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ट अभिनेता कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्का, निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्वन्द संघका अध्यक्ष नारयण प्रधान, लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।

ब्यबसायमा मात्र नभएर दिन, दुखि, गरिब, असाहय तथा अनाथहरुको पिडामा मलम लगाउन सफल आचार्यले भुकम्प होस् या कोरोना होस्, उत्तिकै सक्रिय रहेर सामाजिक कार्यमा आफ्नो उपस्थिति बलियो बनाएकी थिइन्। अनाथ आश्रम देखि बिकट गाउँ सम्म पुगेर, चामल, लत्ता कपडा देखि शैक्षिक सामाग्री समेत उनिले वितरण गरेको थुप्रै उदारणहरु भेटिन्छन। उनिले राष्ट्र र समाजको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै ब्यबसायी तथा समाजसेवी रुकमणि आचार्यलाइ यस बर्षको ‘राष्ट्रिय महिला ब्यबसायी सम्मान-२०२१’ बाट सम्मानित गरिएको थियो।

तपाईको प्रतिक्रिया