नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् ।

नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।

यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।

तपाईको प्रतिक्रिया