काठमाडौं- नायिका निरुता सिंहले आफ्नो म्यानेजर राखेर मुम्बइ हानिएकी छन् । निराजन गिरीलाई म्यानेजर नियुक्त गरेर मुम्बइ फर्किएकी छन् । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन नेपाल आएकी निरुता गिरीलाई म्यानेजर नियुक्ती गरेर मुम्बइ हानिएकी हुन् ।

२ बर्षदेखि ‘दि सुपर काजोल फिल्मस्’मा म्यानेजरको रुपमा काम गर्दै आएका निराजनले अब निरुताको काममा सहयोग गर्नेछन् । मुम्बइका बसेर नेपालमा चलचित्र, विज्ञापन र विभिन्न प्रोजेक्टको लागि कुराकानी गर्न गाह्रो भएपछि निरुताले निराजनलाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् । म्बइका बसेर नेपालमा चलचित्र, विज्ञापन र विभिन्न प्रोजेक्टको लागि कुराकानी गर्न गाह्रो भएपछि निरुताले निराजनलाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् ।

निरुताले मुम्बई उड्नुअघि भनिन्–‘चाडै नै नयाँ प्रोजेक्टका लागि नेपाल आउने बताइन् । मिडियालाई आफ्ना बारेमा नयाँ अपडेट पनि म्यानेजर गिरीले नै गराउने निरुताले बताइन् । यस अघि पल शाह र नायिका आँचल शर्माले म्यानेजर राखिसकेका छन् भने नायक राजेश हमालले लामो समयदेखि सहयोगी नै राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया