नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए, बेहुलीको पोशाकमा लक्ष्मी पुग्दा आएनन् किशोर, रुँदा रँदै लक्ष्मी थाकेर घर फर्किन् तर पग्लिएनन् किशोर, हेर्नुहोस् यो भिडियो

नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आमने सामने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी छन् । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका छन् ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आरोप लगाएकी हुन् ।

उनले यस्तो आरोप लर्गापछि खण्डन गर्न उनी पनि मिडियामा सार्वजनिक भएका हुन् । गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।

तपाईको प्रतिक्रिया