हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ?

भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् । उनले भनिन्–‘म त्यहाँ भएको भए उनलाई छालाको रंगको भित्री बस्त्र लगाउन दिन्थेँ ।’

‘बेसिक इस्टिङ्टन’को छायांकनको समयमा कलाकारलाई नग्न वा यौन दृश्यको छायांकनको बेला सहजीकरण गर्ने ‘अन्तरंग संयोजक’को बिषयमा त कुनै कुरा नै भएको थिएन । तर, सन् २०१७ मा विश्व बजारमा ‘मिटू’ अभियानले चलचित्र क्षेत्रमा हुने यौन उत्पीडनको घटनालाई उजागर गरेको थियो । यसपछि भने अन्तरंग संयोजकको माग बढेको छ ।

सन् २०१८ मा एचबीओले पहिलो पटक ‘अन्तरंग संयोजक’ राखेपछि नेटफ्ल्क्सि र अमेजनले पनि यसै गरेका थिए । अहिले भारतीय चलचित्र उद्योगमा पनि अन्तरंग संयोजक राख्ने चलन बढेको छ ।

आस्थाका अनुसार, अन्तरंग संयोजकले निर्देशक र कलाकारविचको पुलको कार्य गर्छन् ।

वीवीसीसँगको कुराकानीमा आस्थाले भनेकी छिन्–‘मेरो काम कुनै पनि कलाकार उत्पीडनमा पर्न नपरोस् भनेर निश्चित गर्ने र निर्माताको पनि सुरक्षा गर्ने हो ताकी कोही पनि कलाकारले केही बर्षपछि आफूलाई नराम्रो अनुभव भएको भन्न नसकुन् ।’

कलाकारहरुसँग आस्था खन्नाले सहमती र सीमाको कुरा गर्छिन् र छायांकनको समयमा बस्त्र र सामानहरुको व्यवस्था गर्छिन् । उनको झोलामा यौनांग बचाउने समान, बक्षस्थल छोप्ने सामान, टेपहरु र यौन दृश्यमा कलाकारहका यौनांगहरु छुन नदिने डुनोट तकिया हुन्छ ।

हालै मात्र, नेटफ्ल्क्सिका लागि इलाइट श्रृङ्खलामा अभिनय सुरु गरेकी कलाकार अञ्जली सिभारन खन्नाको उपस्थितीले आफूलाई सहज महशुश भएको बताउँछिन् । उनले भनिन्–‘मेरो बारेमा सोच्ने कोही छ भनेर मलाई सहज लाग्छ ।’

उनले भनिन्–‘मैले मेरा पुरुष कलाकारसँग कहिल्यै नगरेको यौनको दृश्य गर्नुपर्ने थियो । भित्री बस्त्रहरु मात्रै लगाएकाले पनि म नग्न झै महशुश गरिरहेकी थिएँ र डराएकी थिएँ । अपरिचित अभिनेताले चुम्बन गर्ने कुराले मलाई तनाव दिएको थियो । मैले निर्देशकलाई यो कुरा भन्न सकिरहेको थिइनँ । तर, आस्थाले सबै सहज बनाइदिइन् । मेरा कुरा निर्देशकलाई भनिन् र चुम्बनको दृश्य हट्यो । यौनको दृश्यमा उनले हामीविच डुनोट तकिया राखिदिन्, जसले हाम्रो यौनांगले एक अर्कालाई छोएन । अलि अनौठो थियो र उनी त्यहाँ भएकोमा म खुशी थिएँ ।’

तर, सबै चलचित्रको सेटमा आफूलाई अनुवन्धित गर्न निर्माताले नमान्ने आस्थाको भनाई छ । उनले भनिन्–‘अन्तरंग संयोजक राख्नु भनेको थप खर्च हो । तर, यो भन्दा ठूलो कुरा भनेको कलाकारहरुले मलाई विश्वास गर्दैनन् र निर्देशक तथा निर्माताले आफ्नो काममा अड्चन आउने सोच राख्छन् ।’

आस्था अगाडि भन्छिन्–‘एक निर्देशकले मलाई आफूले सबै कलाकारलाई राम्रोसँग चिनेको र उनीहरुको परिवारको स्विकृती लिएको बताउँदै मेरो आवश्यकता नपर्ने बताए । तर, उनले मलाई छायांकन स्थलमा रोक्न सकेनन् । मलाई वितरकले पनि राख्न सुझाव दिएको र निर्माताले पनि काम दिएका थिए । उनले मलाई छायांकन स्थलमा त लगे तर छायांकन अवधीभर गाडीमा नै राखे ।’

आस्थाले चलचित्रमा एक्सनको दृश्य हुँदा द्धन्द्ध निर्देशक चाहिए जस्तै यौनको दृश्य हुँदा आफू चाहिने बताइन् ।

वीवीसी नेपालीको सहयोगमा

तपाईको प्रतिक्रिया