नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए ।

बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । यसअघि कोरोनाका कारण दिवेश लगायत अन्य प्रतिस्पर्धीले घरबाट नै आफ्नो प्रस्तुति दिएका थिए ।

दिवेशले सामाजिक संजालबाट आफूलाई भोट गर्न अपिल गरेका छन् । उनले, आफ्ना शुभचिन्तकहरुलाई विभिन्न तरिकाले भोट गर्न सक्ने भन्दै साथ र सहयोगको अपिल गरेका हुन् ।

यसअघि पनि दिवेशले ‘अमेरिकन आइडल’को प्रतिस्पर्धा जित्ने धेरैको विश्वास थियो । दिवेशले उप–विजेताको रुपमा चित्त वुझाउँदा विश्वकै चर्चित गायन रियालिटी शोको विजेता भने जस्ट स्याम भएकी थिइन् । अर्थर गनको रुपमा परिचित दिवेशका लागि यो रियालिटी शो जित्ने अवसर फेरि आएको धेरैले व्याख्या गरेका छन् ।

तपाईको प्रतिक्रिया