काठमाडौं – बिगत लामो समय देखि राष्ट्रिय खेलकुद परिषदमा अनबरत रुपमा कर्तव्यनिष्ठ र इमान्दारिता पुर्बक सेवारत रही समग्र खेलकुद बिकासमा अतुलनिय योगदान पुर्याउदै बिशेष गरि राष्ट्रिय भलिबल खेललाइ मुलुक भित्र मात्र नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन सफल भई राष्ट्रको गौरब बढाउन सफल हुँदै आएका बरिष्ठ खेलाडी डम्बर बहादुर नेपालीलाइ नेपाल म्युजिक एण्ड फेसन अवार्डमा राष्ट्रिय खेलकुद सम्मान-२०७७ प्रदान गरिएको थियो।

काठमाडौंमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०७७ ” समारोहमा बरिष्ठ खेलाडी डीबी नेपालीलाई राष्ट्रिय खेलकुद सम्मान-२०७७ बाट सम्मानित गरिएको छ । प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झा, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रि, बरिष्ठ संगीतकार संगीत रत्न शम्भूजीत बास्कोटा र नायक आकाश अधिकारिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका थिए।

तपाईको प्रतिक्रिया