Subscribe
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।

तपाईको प्रतिक्रिया