लक्ष्मी अधिकारी दमक ।

गौरादह नगरपालिका वडा नम्बर एकका वडा सदस्य कोमलप्रसाद ढुंगानाबारे तथ्यहीन फेसबुक पोस्टप्रति ‘ग्रामिण पत्रकार मञ्च’ नामक फेसबुक आइडीका संचालक युवराज रेग्मीले माफी मागेका छन ।

गौरादहमा पत्रकारिता नै सबै आफैले थामेको जानेको धमास दिने रेग्मीले बिहिबार बिहान सोहि आईडीबाट माफि मागेका हुन् । भ्रामक समाचार लेखेपनि उनले नझुक्ने खत्रा पत्रकार हु भनेर फेसबुकमा लेखेका थिए । तर उनले चिने र जाने जति सबैलाई फोन गर्दै केस मिलाइदिनु पर्यो भन्दै फोन गर्न लगाएका थिए ।
अन्तत उनले माफी माग्दै लेखेका छन- ‘भविष्यमा यस्ता प्रकारका समाचारहरु सत्य तथ्यमा आधारित भएर मात्रै सङ्कलन र सम्प्रेषण गर्ने प्रतिबद्धता समेत जाहेर गर्दछु।’

‘वडा नम्बर १ का जनप्रतिनिधि कोमल प्रसाद ढुंगानाप्रति लक्षित गरि सम्प्रेषण भएको समाचार तथ्यहिन र आधारहिन भएको स्वीकार गर्दछु साथै उक्त समाचारका कारण उहाँको ब्यक्तिगत तथा सामाजिक जिवनमा परेको आघातप्रती यो पेजको एड्मिनको तर्फबाट गल्ती स्वीकार गर्दै क्षमा याचना गर्दछु’ उनले अगाडी लेखेका छन।

‘पत्रकार मञ्च’ नाम गरेको फेसबुक आइडीका संचालक युवराज रेग्मी गौरादह – ४ स्थित ड़ोरामारी माविका शिक्षक समेत हुन्। झापाका अनलाइनहरुमा आएको लोकल न्युज खप्प तानेर पठाउने रेग्मी पत्रकारिता पार्ट टाइमका रुपमा गर्छ्न । कपि पेस्ट गरे नगरेको उनले सेयर गरेको न्युज गुगलमा सर्च गरे अर्को अनलाइनमा भेटिन्छ । मरि मरि फिल्डमा गएर रिपोर्टिङ गर्ने नयाँ भाइ बहिनी आफुले लेखेको न्युज रेग्मिले स्कुल बाट आएर तानेर आफ्नोमा नाममा हाल्दा आजित रहेको राजु पोख्रेल बताउछ्न । पोखरेल भन्छ्न- रेग्मी देखि सबै आजित छ । तेस्को कुरा नगर्नु म सङ ।

उनले यसअघि वडासदस्य ढुंगानालाई नगरपालिकाले भण्डारण गरेको कुहिएको चामलसंग जोड्दै रेग्मिले भनेका थिए – ‘वडा सदस्यले ठुलो परिमाणमा खाद्यान्न लुकाई हिनामिना समेत गरेको हुनसक्छ।’

यसअघी उनको उक्त फेसबुक पोस्टको खण्डन गर्दै गौरादह नगरपालिका वडा एकको कार्यालयले विज्ञप्ति समेत निकालेको थियो।

उनको यहि पोस्टका कारण वडासदस्य ढुंगानाले साइबर क्राईममा उजुरी दर्ता समेत गरेको बुझिएको छ। तर, आइडी संचालक रेग्मीले सार्वजनिक रुपमा लम्पसार परेर माफी माग्ने भएपछी सो उजुरी फिर्ता गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया