अहिलेको बिषम परिस्थिति र लामो लकडाउनले गर्दा अहिले मानिसहरु घरभित्रै छन् यस्तो स्थितमा पनि मनोरन्जनको आवश्यकतालाई महसुस गरी लोकप्रिय गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ‘के छ तिम्रो मनैमा’ लिएर प्रस्तुत भएकी छिन । ठेट नेपाली भाषाका शब्दहरुलाइ समिश्रण गरिएको गीतमा दिनेश सुवेदीको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ । केहि दिन अगाडी मात्रै रिलिज भएको गीतले अहिले विभिन्न डिजिटल प्लेटफर्मको साथै युट्युबमा लोकप्रियता हासिल गरिरहेको छ । यसै हप्ता सार्वजनिक भएका धेरै गीतहरुको तुलनामा यो गीत अग्र स्थानमा रहेको छ । यो समाचार तयार गर्दा सम्म गीतको भीडीयोले युट्युबमा करिब २ लाख आर्गानिक भ्युज प्राप्त गरेको छ ।
भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया