काठमाडौं, २९ भदौ

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ ।

अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ

नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी सुरुवात गरेको थियो ।

नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम साेब ।

तपाईको प्रतिक्रिया