नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूूर्व मन्त्रि एवं तरुण विभाग प्रमुुख श्री शंकर भण्डारी ज्यूूले घोषणा गरे वमोजिम आज मिति २०७८ साल कार्तिक ३ गते राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक केन्द्रीय कार्यालय पानीपोखरीमा बसी गत मिति २०७८ असोज ३० गते माल्दीभ्समा सम्पन्न भएको साउथ एसीयन फुुटबल फेडेरेसन SAAF खेलमा नेपालको तर्फवाट खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरी नेपालको फुुटवल खेल ईतिहासको २८ बर्ष पछि फाईनल खेलमा प्रवेश गरेको उपलक्ष्यमा तरुण विभागको तर्फवाट काठमाण्डौमा नेपाली फुुटबल खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकहरुलाई नगद रु.१,११,०००/ अक्षरुपी एक लाख एघार हजार र सम्मान पत्र द्वारा सम्मान गर्ने निर्णय गरियो ।

उक्त पुरष्कार वितरण तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्नका लागि तरुण विभाग केन्द्रीय सदस्य पासाङ्ग नोर्बुु शेर्पाको संयोजकमा सात सदस्य समितीलाई जिम्मेवारी प्रदान गरियो ।

तपाईको प्रतिक्रिया