अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसकोमा लोकप्रिय गायिका ईशा कार्की र गायक सागर लामाको नयाँ गित “तिमी र म घूम्न” को म्युजिक भिडियोको छायांकन भर्खरै मात्र सम्पन्न भएको छ। उक्त गीतमा संगीत, रचना तथा स्वर गायिका ईशा कार्कीकोनै रहेको छ भने उनलाई उक्त गितको म्युजिक भिडियोको कथा तथा सुटिङ्ग ब्यबस्थापन अमृत जंग कुँवरले गर्नु भएको छ।
“तिमी र म घूम्न” मा नायक नवराज श्रेष्ठ र गायिका इशा कार्किले अभिनय गर्नु भएको छ। त्यसैगरी भिडियोमा अन्य कलाकारहरु रन्जु पाण्डे, अमृत कुँवर, रेशम लाल गौतम, जेमस र पुरुशोतम रहेको छ। क्यमेरा, ड्रोन र एडिटिङमा रसोज श्रेष्ठ हुनु हुन्छ भने उक्त भिडियोको निर्देशन नवराज श्रेष्ठ र रसोज श्रेष्ठले गर्नुभएको छ। गीतको म्युजिक भिडियोलाइ तिहार आगाडीनै नेपाली गित संगीत पारखीको लागि सार्बजनिक गरिने कुराको जानकारी निर्माण पक्षले दिएको छ। हाल भिडियोको सम्पादन अमेरिकामानै भईरहेको छ।