काठमाडौं– इजरायलमा रहेको नेपाली सांगीतिक समुह जस्ट अ ज्याम ( JUST A JAM ) को पहिलो सांगीतिक कार्यक्रम ‘म भित्र म’ शिर्षकमा गत २९ अक्टोबर शुक्रबार साँझ तेलअभिब सहरमा सम्पन्न भएको छ। कार्यक्रम ‘ म भित्र म’मा प्रवासमा रहेको नेपाली संगीतकर्मी तथा संगीतप्रेमीहरुको गीतसंगीत संग सम्बन्धित दुख ,सुख ,संघर्ष, बिगत तथा भविष्य र अन्य धेरै बिषयमा छल्फल अन्तरक्रिया तथा कलाकार भित्रको कलाकारको भावनालाई बाहिर प्रस्तुत गर्ने एउटा फरक किसिमको कार्यक्रमको आयोजना गरेका थिए । युग यमन, प्रयाग तामाङ, वाङ्दी पार्ख्रीन , प्रनेश पाख्रीन , प्रनय गुरुङ र राज लिम्बू सदस्य रहेको JUST A JAM समूहको उदेश्य भनेको प्रवासमा रहि कर्म गर्नुहुने नेपाली तथा नेपालीभाषीहरुको दुख , पिडा र लगातार घर भित्रको कामले गलेको शरीर र थाकेको मनलाई गीत संगीत मार्फत राहत पुर्याउने र मानसिक तनावका कारण कुनै पनि अप्रीय घटनाहरु घट्न नपरोस भनी साथीको भुमिका खेल्ने , नेपाली र नेपालीभाषी बिच प्रगाढ सम्बन्ध बनाउने , र निकट भबिस्यमा नै सामाजिक , परोपकारी कार्यमा पनि अघि बड्ने रहेका छन्। प्रवासी अग्रज स्रष्टाको सम्मान र उहाँहरुले दिनु भएको योगदानको कदरार्थ गरिएको कार्यक्रमलाई जामकै सदस्य राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलका अध्यक्ष तथा पुर्वाध्यक्ष क्रमस अनिल सिंह राजपुत , कादम्बरी श्रेष्ठ साथै श्री सत्य साई सेन्टरकि सञ्चालिका नेहा गुरुङ र इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहान अतिथिमा थिए भने स्वस्तिका श्रेष्ठ ,प्रबिन दाहाल , कुमार पौड्याल , कादम्बरी श्रेष्ठ , कुमार लिम्बू , रोशन राई, लक्ष्मी गड्तौला बास्कोटा , दुर्गा बिसि ,रञ्जन तिवारी , अरुणा राईको प्रस्तुती रहेको थियो र अन्त्यमा जस्ट अ जाम समुहको प्रस्तुतिमा प्रनेश पाख्रीन र वाङ्दी पाख्रीनको प्रस्तुति पश्चातको वान्समोर वान्स्मोरले माहोल एक्दम तताएको थियो। गीतकार तथा गायिका मिरा राई र समाजसेवी तथा गीतकार देब बास्कोटाको शुभकामना पत्रले कार्यक्रमको शोभा झन बढेको थियो।

तपाईको प्रतिक्रिया