काठमाडौं– दुई जना सुन्दर जवान छोरीहरु गुमानु पर्दाको पिडालाई समेटेर तयार पारिएको वियोगान्त गीत ‘आई मिस यु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
आफ्नै जीवन भोगाईलाई समेटेर लेखिएको यस गीतकी गीतकार हुन् राजश्री बस्न्यात श्रेष्ठ। गीतमा स्वर नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईको रहेको छ। वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गीतकार श्रेष्ठ आमाको भूमिकामा देखिएकी छिन् भने गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन्। उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।
यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘मेरो मन तिमी संगै’, ‘मेरी प्यारी आमा’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। आफ्ना सिर्जना मार्फत श्रेष्ठ समाजमा सकारात्मक संदेश र आफु जस्तै पिडाबाट गुज्रिरहेकाहरुलाई गीत संगीत मार्फत उत्साह दिन चाहान्छिन्। दर्शक स्रोताबाट म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया