गायक रक्की लामाको नयाँ गित ‘जुन जस्तै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल अफ्सान तामाङ, शुष्मा तामाङको अभिनय रहेको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित ग्लामरस फोटोग्राफर कुबेर तामाङले निर्देशन गरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ ।

गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ । भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया