काठमाडौं- जाडोको मौसम सुरु भईसकेको छ। जाडोयामको सुरुवातीसँगै छालामा विभिन्न समस्या आउन थाल्छ । विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने आदि जस्ता समस्या देखा पर्छ । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु इत्यादि हुन् ।

साथै वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपायहरु अपनाउनुपर्छ।

यस जाडोको मौसममा आफ्नो छालालाई नरम र आकर्षक राख्न् अपनाउनुस् यी टिप्सहरुः

मनतातो पानीको प्रयोग गर्नुहोस्

जाडोमा तातो पानीमा नुहाउँदा आनन्द आउँछ तर जब तपाईं आफ्नो अनुहार र हात खुट्टा धुनुहुन्छ तपाईं मनतातो पानीको प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको छालामा भएको चिल्लोपन कम मात्रामा बाहिर निस्कन्छ जसले गर्दा तपाईंको छाला मोस्टराईज भईरहन्छ।

हरेक पटक मुख धाेएपछी मोस्चराइजरको प्रयोग गर्नुहोस्

तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्चराइजरको प्रयोग गर्नुहोस्। मोस्चराइजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछी त्यसको प्रयोग गर्नुहोस्।

मोस्चराइजर छान्दा ख्याल गर्नुहाेस्

छालालाई नरमपन कायम राख्न- जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ । कुनै कुनै मोस्चराइजर पेट्रोलियम आधारित सामाग्रीद्धारा बनाईएको हुन्छ जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा ओयल बेस्ड मोस्चराइजर प्रयोग गर्नु उचित हुन्छ । किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ ।

हाम्रो छालालाई क्रिम र लोसनलेभन्दा बढी नरम ओयलले बनाउँछ । ओयलमा पनि बदामको ओयललाई सबैभन्दा राम्रो मानिन्छ । कारण ओयलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ । साथै, छालालाई सुन्दर तथा जीवन्त राख्न मद्दत गर्छ त्यसैले मोस्टराईजर किन्नु भन्दा अगाडि राम्रोसँग बुझेर मात्र किन्नु होला।

सनब्लकको प्रयोग

जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ। जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ। चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन। हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ।

पन्जा र स्कार्फको प्रयोग

पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र बर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई सन्सक्रीमको अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ । जाडोको घामको किरण पनि गर्मीको घामको किरण जस्तो हानिकारक हुनसक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ ।

प्रशस्त पानी पिउने

जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौ। पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्रमात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ । कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ।

हातखुट्टाको केयरमा बढी ध्यान दिने

हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्न भन्दा अगाडी शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला।

खुट्टाको हेरचाह

जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ । जाडोमा हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोस्चराइजर क्रिमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फुट्न दिँदैन ।

हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोस्टराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, प्रिम रोज तेल, एभोकार्डो, आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि हटाउन सकिन्छ ।

कपालको हेरचाह

जाडोमा छालाको स्याहार जस्तै कपाल पनि अछुतो रहदैन । कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिँदैन । त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । कन्डिसनर वा मोस्चराइजर भएको हेयर प्याक लगाउन सकिन्छ ।

उचित खानपान

जाडोमा त्यति पानी खाइँदैन। धेरैको रुचि चिया ,कफिमा जान्छ। तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ। जिउ हाइड्रेट हुन जरुरी छ। मनतातो पानीको प्रयोग गर्न सकिन्छ। खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ जस्तै माछा, सागपात हरु प्रशस्त खानुपर्छ। यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ।

((सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको नेपालको न. १ पार्लर तथा फेसियल हाउस रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन् ।

(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल पहिलो र चौथो तला तथा बिजी मल गोगंबुको चौथो तला तथा बुद्ध मलको पहिलो तालामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor and 1st floor(Old pink color) Kathmandu, Nepal 01-5908125/01-5908353(Ktm mall ), 01-4956385(BG mall) Buddha Mall 1st floor, Machhapokhari Kathmandu Phone: 01-4359916 (9841641940 ))

तपाईको प्रतिक्रिया