रामेछाप जिल्लाको दोरम्बा , सुनापति र खाडादेवी गाउँपालिकाको संगम स्थल ‘अग्लेश्वरी’लाई पर्यटनको रुपमा बिकाश एबम प्रवर्द्धन गर्ने उद्देश्यका साथ अग्लेश्वरी हिल्स विकास कोषले जिवन्त नेपाल म्युजिक अवार्ड गर्ने भएको छ । कोभिड प्रभावका कारण पूर्व घोषित कार्यक्रम हुन नसकेपनि यही मंसिर २१ गते काठमाडौको पाँचतारे होटेल दि सोल्टीको मेघाहलमा जिवन्त नेपाल म्युजिक अवार्ड सहित विशिष्ट सम्मान गर्न लागिएको हो । यहि परिप्रेक्षमा सोही कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित एवं राष्ट्रिय चलचित्र तथा संगितकर्मीलाई विशिष्ट सम्मान कार्यक्रम गर्न लागिएको अग्लेश्वरी हिल्स विकास कोषका अध्क्षय सिजम सिजालीले जानकारी दिनु भयो । उहाका अनुसार सैलुङ, अग्लेश्वरीलाई धार्मिक पर्यटनको रुपमा बिकाश गर्नको लागि चारैतिर फकिएको संसारकै अग्लो बुद्धको प्रतिमा, अग्लेश्वरी महादेवको प्रतिमा चारधाम, चारैतिरबाट उक्लन मिल्ने पथमार्ग, आकाशे सिसाको पुल, जिपलाईन बनाई धार्मिक पर्यटन आकर्षन स्थलका रुपमा विकास परियोजना कार्य स्थलको काम अधि बढीसकेको छ

 

 

तपाईको प्रतिक्रिया