पुर्बाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा सनिबार सम्पन्न मिस स्टेट-१ सिजन-३ को उपाधी ८ जना प्रतिष्पर्धिलाई पछि पार्दै धरानकी श्वेता भुजेलले हात पारिन। उनले हिरो होन्डा कम्पनिको स्कुटर, क्राउन, बिबिएस र एयर होस्टेजको लागि पुर्ण छात्रबृत्ती र म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गरिन। मोरङ्की सनिना राईले फस्ट रनर अपको उपाधी सहित नगद ५० हजाए रुपैया नगद, क्राउन, बिबिएस र एयर होस्टेजको लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गरिन।त्यस्तै धनकुटाकी लेस्ली लिम्बुले सेकेन्ड रनर अपको उपाधी सहित २५ हजार रुपैया नगद, क्राउन, बिबिएस र एयर होस्टेजको लागू ३० प्रतिशत छात्रबृत्ती हात पारिन।

त्यस्तै कलाकेन्द्रकै आयोजनामा सम्पन्न पुर्वान्चल सिङिङ स्टार सिजन-८ को बिजेता उदयपुरका अर्जुन राई भए।उनले ५० हजार नगद स्शित एक थान गिटार र एउटा गित रेकर्ड गर्ने अबसर पाएका छन। धरानकी निशा खपाङ्गी दोश्रो बनिन।उनले २५ हजार नगद, ट्रफी र एक थान गिटार पाइन।त्यस्तै मोरङ्की अनुष्का ढकाल बनिन। उनले १५ हजार रुपैया नगद, एक थान गिटार र ट्रफी हात पारिन। पुर्वान्चल बागिना कला केन्द्रले पुर्वान्चल सिङिङ स्टार २०६९ र मिस स्टेट-१ २०७४ सालदेखी सन्चालन गर्दै आएको छ। केन्द्रका अध्यक्ष भक्तिराज राईको अध्यक्षतामा भएको ग्रान्ड फिनाले कार्यक्रममा मुख्य प्रायोजक सुनवस्ती बिकास कम्पनी प्रा.लि.काठमाण्डौका डाईरेक्टर एबम बरिष्ठ समाजसेवी सुमित्रा बस्नेत प्रमुख अतिथी रहेकी थिइन। महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेस बिद्रोही, बराह ग्रुप अफ कम्पनिका जन सम्पर्क प्रमुख सुरेन्द्र सिंह बिश्वकर्मा लगायत विशेष अतिथी रहेको कार्यक्रमको सन्चालन तिर्थ कार्की र मेरिना तुम्साले गरेकी थिइन।

 

तपाईको प्रतिक्रिया