काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा बसोबास गर्दै आएका सफल व्यसायी एवंम मोडल पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईकोले सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।
शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

तपाईको प्रतिक्रिया