काठमाडौं । लोकप्रिय चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा समावेश ‘सागर भन्दा’ बोलको गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारी सार्वजनिक भएको छ।
गायक कर्णवीरको सुन्दर शब्दले भरिएको ‘सागर भन्दा’ गीत ‘एकलैटी माया’ म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो। लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिनु भएको छ।
विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा येदिन गजमेरको संगीत रहेको छ भने संजीव बराईलीको संगीत संयोजन रहेको छ।
‘नौलो डिजीटल’ च्यानल मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार/गायक कर्णवीर र अर्पना पोखरेलको अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ भने यालेन मगरकले छायांकन गरेका हुन्।
नेपालको बिभिन्न सुन्दर ठाऊँहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा साथ दिनु हुने सुनिल माथेमा प्रधान , रीमा श्रेष्ठ, अनुप रेग्मी र सबैलाई निर्माण टिमले धन्यवाद व्यक्त गरेको छ। साथै भिडियोलाई हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया