लोकप्रिय गायिका रानी शाक्यको सुमधुर स्वर र नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत मा ‘तिमी
चल्छौ यो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी र सुनिल विकेको अभिनय रहेको छ ।
मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको छ । भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया